डिभिजन वन कार्यालय, काठमाडौँले धोबीखोला सरसफाइ गरिरहेको छ ।
मनसुन लागेसँगै खोलामा पानीको बहाव बढ्ने र फोहोरहरू अड्किन सक्ने भएकाले डिभिजन वन कार्यालयले सरसफाइको काम अघि बढाएको हो ।
१५ दिन अघि सेतो पुलबाट यो अभियान सुरू गरेको थियो । यो अभियान अन्तर्गत धोबी खोलामा उम्रिएका झार र बुट्यानहरू उखालेर सफाइ गर्न सुरू गरिएको कार्यालयले जनाएको छ ।









प्रकाशित: १७ असार २०८२ १३:५७ मंगलबार