२४ असार २०८२ मंगलबार
image/svg+xml
समाज

केसी उपरथिमा बढुवा

सरकारले नेपाली सेनाका सहायक रथी गौरवकुमार केसीलाई उपरथीमा बढुवा गरेको छ। 

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ। केसी केही दिनअघि मात्रै पूर्वी पृतनाका निमित्त पृतनापति सरुवा भएका थिए। उनको पदास्थापना पनि त्यही भएको छ। केही साताअघिसम्म उनी नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहेका थिए।

नेपाली सेनाको अफिसर क्याडेडमा भर्ना भएका केसी २०४७ सालमा रोयल नेपाली सैन्य प्रतिष्ठान, खरिपाटीबाट तालिम सम्पन्न गरी पुरानो गोरख बटालियनमा सहायक सेनानीमा भर्ना भएका थिए। उपरथीमा बढुवा भएका केसीले भारतको राष्ट्रिय रक्षा कलेजबाट स्नातक गरेका छन्।

यस्तै संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी र मंगोलियाबाट विभिन्न कोर्ष पूरा गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर केसीले भारतको मद्रास विश्वविद्यालयबाट एमफिल गरेका छन्। उपरथी केसीले प्रधानसेनापति प्रभुराम शर्मा हुँदा सैन्य सचिवको रूपमा पनि काम गरिसकेका छन्। त्यसपछि पुरानो गोरखको गणपति र जंगल वारफेयर स्कूलको शिक्षाधिकृत भएर पनि काम गरेका केसी त्यसपछि ३ नम्बर बाहिनीको बाहिनीपतिको जिम्मेवारीमा थिए।

प्रकाशित: १० असार २०८२ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App