श्रीमानकाे कुटपिटबाट सुनसरीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका वडा नं. ५ मुसहरी टोलकी २४ वर्षीया ढली सदा मुसहर रहेकी छिन्।
मुसहरलाई मादक पदार्थ सेवन गरी उनका श्रीमान् ३० वर्षीय सोनिया मुसहरले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाक्रम अनुसार शनिबार राति ९ बजेतिर सोनियाले श्रीमती ढलीलाई कुटपिट गरेका थिए । कुटपिटपछि घाइते भएकी ढलीलाई उपचार नगराई घरमै राख्दा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ढलीका श्रीमान् सोनियालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रकाशित: ९ असार २०८२ १५:०४ सोमबार