१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर पोखरीमा खस्दा दुई महिलाको मृत्यु

धानको बीउ लिएर रोपाइँका लागि जाँदै गरेको ट्याक्टर पोखरीमा खस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा दुई महिलाको मृत्यु भएको छ।

सोमबार बिहान साढे १० बजेतिर नम्बर नखुलेको ट्याक्टर पोखरीमा पल्टेर डुब्दा वडा नम्बर ८ पश्चिम बेलौहाका २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरीको मृत्यु भएको वडा नम्बर ८ का अध्यक्ष शिवकुमार पाण्डेयले जानकारीइ दिए।

चालकसहित ६ जना रहेको ट्याक्टर नयाँ बनेको माटोको बाटोमा चिप्लिएर ट्याक्टर पोखरीमा खसेको थियो। ट्याक्टरमा च्यापिएका दुई महिलासहित अन्य ५ जनालाई उद्धार गरी उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।

दुई महिलाको मृत्यु भएको र ट्याक्टरमा रहेका अन्य ३ जनाको अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए। ट्याक्टर चालक भने फरार रहेका छन्।

ट्याक्टर पोखरी मै डुबेकाले नम्बर भने अझै खुल्न सकेको छैन। घटनाको अनुसन्धान र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ असार २०८२ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App