१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

फाइल तस्बिर

सोमबार बिहानको अविरल वर्षा र बाढीले नारायणगढ-बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-३ सर्दिस्थित खोरन्डी खोलामा आएको बाढीले विनय खोलाको डाइभर्सन बगाएपछि यातायात सेवा ठप्प भएको हो।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षाकर्मी परिचालित गरिएको छ। सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सडक सुचारु गर्न तीव्र प्रयास भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

प्रकाशित: ९ असार २०८२ १०:०८ सोमबार

#NagarikNews