१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट बाख्रा गोठालाको मृत्यु, १० भन्दा बढी बाख्रा पनि मारिए

फाइल।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जङ्गलमा बाख्रा चराउन गएका चन्द्र बहादुर भुलनको शव बुधबार बिहान फेला परेको हो। बारा प्रहरीका अनुसार, भुलन स्थानीय वीर बहादुर थिङको बाख्रा हेर्ने काम गर्थे।

उनी मंगलबार करिब ३०-४० वटा बाख्रा लिएर चराउन जङ्गल गएका थिए। तर, रातिसम्म पनि घर नफर्केपछि उनको खोजी सुरु गरिएको थियो।

बुधबार बिहानैदेखि वडा अध्यक्ष सुबास श्रेष्ठ, इलाका प्रहरी कार्यालय, अम्लेखगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा प्रहरी टोली र स्थानीयवासीले खोजी कार्यलाई तीव्र बनाएका थिए।

बाराका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोष सिंह तामाङका अनुसार खोजी गर्ने क्रममा भुलनको शव दक्षिणकाली सामुदायिक वनभित्रको खोल्सामा बाघले खाएको अवस्थामा फेला परेको थियो।

बाघले भुलनको ज्यान लिनुका साथै दश भन्दा बढी बाख्रासमेत मारेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ असार २०८२ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App