१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

इजरायल र इरानमा रहेका नेपालीहरूको विवरण संकलन सुरु

नेपाल सरकारले इजरायल र इरान द्वन्द्वका कारण इजरायलमा रहेका नेपालीहरूको उद्धारको पहल थालेको छ । 

इजरायलमा रहेको नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलन सुरु गरेर उद्धारको पहल थालेको हो । इजरायलमा रहेको तेल अव्यवस्थित नेपाली दूतावासले सूचना निकाल्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गर्दै सूचना निकालेको छ । 

‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बिच समस्यामा÷त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना सङ्कलनको काम सुरु गरेको छ’ भन्दै सूचनामा सहभागी हुन इच्छुकले अनलाइन रजिष्ट्रेसन गर्न सकिने उल्लेख गरेको छ ।

इजरायलले इरानका परमाणु कार्यक्रम स्थलहरूमा सीधा हमला गरेपछि राजधानी तेहरानमा विस्फोटको भएको छ  । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको युद्ध दीर्घकालीन हुनसक्ने चेतावनी र इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीको इजरायलले ‘आफ्नै निम्ति दुर्भाग्य निम्त्याएको’ भनाइले यो द्वन्द्व कति गहिरो र दीर्घकालीन हुनसक्ने सम्भावना भएपछि नेपाली दूतावासले नेपालीहरूको उद्धारका लागि विवरण संकलन गरेको हो ।

प्रकाशित: ४ असार २०८२ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App