१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

दैलेखमा मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेखमा मलामी गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको मृत्यु भएको हो।

रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिइ।

घाँस काट्न गएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भएको थियो। किशोर खड्का उनकै मलामी गएका थिए।

प्रकाशित: २ असार २०८२ २१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App