१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

तनहुँमा तीन दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

गत शनिबारदेखि बेपत्ता तनहुँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपाली मृत फेला परेका छन्। शेराटारस्थित खुदी खोलाको दहमा उनको शव फेला परेको हो।

नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।

मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ। बेपत्ता नेपालीको खोजतलास भइरहेको थियो। नहर छेउमा निजले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असार २०८२ २१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App