१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

मिडिया अलाइन्स नेपालको ऐक्यवद्धता

मुलुकका प्रमुख सञ्चार माध्यमका सञ्चालकहरूको साझा संस्था मिडिया अलाइन्स नेपालको प्रतिनिधिमण्डलले नेपाल रिपब्लिक मिडिया नेतृत्वसँग सोमबार छलफल गरी मिडियाविरुद्ध भइरहेका गतिविधि रोक्न ऐक्यवद्धता जनाएको छ ।  

अलाइन्सको टोली नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सञ्चार संस्था र यसका सञ्चालकलाई धरासायी गराइदिने भनी धम्की दिएको घटनाबारे बुझ्न र ऐक्यवद्धता गर्न आएको हो । अलाइन्स अध्यक्ष भाष्करराज राजकर्णिकार, आर्थिक दैनिकका प्रकाशक प्रल्हाद रिजाल र राजधानी दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन्सका अध्यक्ष सचिन सेरचन संस्थाको प्रतिनिधित्व गर्दै नेपाल रिपब्लिक मिडियाको सुन्धारास्थित मुख्यालयमा आइपुगेका थिए । 

छलफलका क्रममा उनीहरूले पछिल्लो समय आमसञ्चार माध्यममाथि भइरहेको प्रहारविरुद्ध ऐक्यवद्धता जनाए । पत्रकार दिलभूषण पाठकमाथि भएको गिरफ्तारी वारेन्ट जारी, दुई अनलाइन माध्यम नेपालखबर र बिजमाण्डूविरुद्ध भएको समाचार हटाउने अदालती आदेशलगायतका घटनाक्रम समग्रमा प्रेसमाथि भइरहेका आक्रमणको सिलसिला रहेको समेत उनीहरूले छलफलका क्रममा संज्ञानमा लिए ।

छलफलका क्रममा समग्र सञ्चार जगतमा देखिएका समस्या, यसमाथि भइरहेका प्रहारविरुद्ध भावी रणनीति बनाउन सबैबिच छलफल आयोजना गर्नुपर्ने आवश्यकतासमेत उनीहरूले औंल्याएका थिए । मुलुकको लोकतान्त्रिक आन्दोलनमा प्रेसजगतले गरेको योगदानलाई बेवास्ता गर्दै यसविरुद्ध योजनावद्ध ढंगले भइरहेका आक्रमणप्रति सतर्क हुनुपर्ने अवस्थाबारे पनि छलफल भएको थियो ।  

छलफलका क्रममा रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवालीले घटनाबारे जानकारी गराएका थिए । 

प्रकाशित: २ असार २०८२ २०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App