रौतहटमा चट्याङ लागेर एक जाना वृद्धको ज्यान गएको छ। गरुडा नगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर आज बिहान ज्यान गएको हो।
घर अगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लागेर बनिया गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको इप्रका गरुडाका डिएसपी राजन कार्कीले बताए।
प्रकाशित: १ असार २०८२ ११:५४ आइतबार

