१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

पहिरोले थुनिए अरनिको र मध्यपहाडीसहित देशका मुख्य राजमार्ग

फाइल।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा खसेको पहिरोका कारण अरनिको, मध्यपहाडी र कान्ति लोकपथसहितका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

आइतबार बिहानसम्मको विवरणअनुसार काठमाडौं उपत्यका, कोशी र बागमती प्रदेशका आधा दर्जनभन्दा बढी स्थानमा यातायात ठप्प भएको छ। कारण सयौं यात्रु र मालवाहक सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।

प्रहरीले उपलब्ध गराएको शनिबार बिहान १० बजेसम्मको विवरणअनुसार, चीनसँगको व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, मकवानपुरको भिमफेदी गाउँपालिका-८ भर्ल्याङडाँडामा पहिरो खस्दा काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पनि पहिरोको चपेटामा परेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० बर्खेटारमा पहिरो जाँदा लोकमार्गमा यातायात एकतर्फी मात्र सञ्चालनमा छ।

त्यसैगरी, धनकुटाको साँगुरीगढी-५ स्थित रवि-राके-भेडेटार सडक खण्ड, खोटाङकै दिप्रुङ चुइचुम्मा-४ स्थित दिक्तेल-गाईघाट सडक खण्ड र ललितपुरको बाग्मती-६ रुम्बाडाँडा स्थित आश्राङ-गिम्दी सडक खण्डमा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सम्बन्धित निकायहरूले राजमार्ग खुलाउने प्रयास जारी राखेको जनाएका छन्।
 

प्रकाशित: १ असार २०८२ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App