१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिजारले जिते ‘विश्वसनीय समाचार हातहातमा उपहार’को तेश्राे स्कुटर

'विश्वसनीय समाचार हातहातमा उपहार' शिर्षकमा भएकाे दैनिक ग्राहक योजनाकाे लक्की ड्र गर्दै नागरिककर्मी ।

काठमाडाैँ –  नेपाल रिपब्लिक मिडियाले 'विश्वसनीय समाचार हातहातमा उपहार' शिर्षकमा गरिरहेको दैनिक ग्राहक योजना अन्तर्गतको चैत महिनाकाे लक्की ड्रमा प्रकाश मिजार विजेता भएका छन्।

मासिक रुपमा गरिने लक्की ड्र अन्तर्गत शुक्रबार गरिएको लक्की ड्रमा काठमाडौँ मुलपानीका मिजार(अर्जुन वाइन सप)  विजयी भएका हुन्। रसिद नम्बर ४३४७८ का उनले अप्रिला स्कुटर प्राप्त गरेका छन्।

रिपब्लिक मिडियाले ग्राहक योजनामा सहभागी हुने सबै ग्राहकहरूको लागि हात खाली नजाने विभिन्न उपहार तथा नगद छुटको व्यवस्था गरेको छ।

सहभागी ग्राहकहरू मध्येबाट दैनिक लक्की ड्र, पाक्षिक लक्की ड्र तथा मासिक लक्की ड्र मार्फत समेत विभिन्न उपहारको व्यवस्था गरिएको छ। मासिक लक्की ड्र मार्फत हरेक महिना एकजनाले अप्रिला स्कुटर प्राप्त गर्नेछन्। 

वितरण विभागका प्रबन्धक मदन अर्यालका अनुसार यो योजना सातवटै प्रदेशमा संचालन भइरहेको छ। देशभरबाट यो योजनामा उल्लेख्य पाठकहरू सहभागी भएका छन् ।  योजना अवधिभर बनेका नागरिक दैनिकका सबै वार्षिक ग्राहकहरू यो उपहार योजनामा सहभागी हुनेछन्।

 

प्रकाशित: २१ वैशाख २०७५ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App