२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

‘तनाव’ मा रहेका चिनियाँ पर्यटकको हेलिकप्टरबाट उद्धार

<br>

नेपाल प्रहरीले सगरमाथा क्षेत्रको पदयात्रामा रहेका एक चिनियाँ नागरिकलाई हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ।

व्यक्तिगत समस्याका कारण तनावमा रहेका ती पर्यटकले सामाजिक सञ्जाल टिकटकमा तनावपूर्ण भिडियोहरू पोस्ट गरेपछि प्रहरीले तत्कालै उद्धार कार्य अघि बढाएको हो।

प्रहरीका अनुसार, सगरमाथा आधार शिविर पदयात्राको क्रममा गोक्यो क्षेत्रमा रहेका ती चिनियाँ नागरिकले व्यक्तिगत कारणले तनावमा आई टिकटकमा भिडियोहरू राखेका थिए। उक्त भिडियोबारे जानकारी पाएलगत्तै पर्यटक प्रहरीले चिनियाँ दूतावाससँग समन्वय गरेको थियो।

चिनियाँ दूतावाससँगको सहकार्यमा पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपबाट खटिएको टोलीले हेलिकप्टर प्रयोग गरी ती पर्यटकलाई गोक्योस्थित एक होटेलबाट सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका पर्यटकको मानसिक अवस्थालाई ध्यानमा राख्दै उनलाई सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०८२ १९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App