१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

पक्राउ परेका कमल र दीपक सहित ७ जना रिहा

आइतबार दिउँसो राजावादीहरूको प्रदर्शनका क्रममा प्रहरी नियन्त्रणमा परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित सात जना रिहा भएका छन्। डा. राजीव झा भने अझै प्रहरी हिरासतमै रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले नियन्त्रणमा लिइएका आठमध्ये सात जनालाई जिम्मा जमानीमा छाडिएको जानकारी दिए।

रिहा हुनेहरूमा अध्यक्ष थापा, सांसद सिंहका अतिरिक्त शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली र राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना रहेका छन्।

उनीहरूलाई भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको र प्रहरीसँग धक्कामुक्की गरेको लगायतका आरोपमा प्रदर्शनस्थलबाट नियन्त्रणमा लिइएको थियो।

“आठ जनामध्ये सात जनालाई जिम्मा जमानीमा छोडिएको र डा. राजीव झालाई हिरासतमा राखिएको छ,” एसपी बोहराले नागरिक न्युजसँग भने।

प्रकाशित: १८ जेष्ठ २०८२ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App