वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा परम्परागत भोटो जात्रा सम्पन्न भएको छ।
प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटिटोलबाट तानेर जावलाखेल पुर्याइएको चौथो दिन ‘यो भोटो कसको ?’ भनी सोध्दै देखाइने परम्परा छ। यो जात्राले मच्छिन्द्रनाथको जिम्मामा रहेको भोटो सुरक्षित रहेको सन्देश दिने विश्वास गरिन्छ।
जावलाखेलमा आयोजित विशेष समारोहमा भोटो देखाइएसँगै काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ।
लिच्छविकालदेखि नै भोटो जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ। कपडाको थैलीमा सिलबन्दी गरेर सुरक्षित रूपमा राखिएको मणिमाणिक्यजडित उक्त भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो।
बाक्लो भीडका बीच गुठी संस्थानका प्रतिनिधिले चारै दिशाबाट भोटो देखाएका थिए।
हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक



















प्रकाशित: १८ जेष्ठ २०८२ १८:१७ आइतबार