११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

'दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ'

खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारको रूपमा पठाउन सरकारले २०७३ सालदेखि नै रोक लगाए पनि तस्करहरूले मिलेमतोमा विभिन्न माध्यमबाट त्यहाँ पुर्‍याउने गरेका छन्। खासगरी ग्रामीण र विपन्न महिलालाई रोजगारीको प्रलोभनमा विभिन्न मुलुकमा पठाउने गरिएको छ।

स्रोतका अनुसार भिजिट भिसाको आवरणमा दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ। पहिला भिजिट भिसामा दुबई जाने प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो। ६ बुँदे मापदण्डमा दुईतर्फी हवाई टिकट लगायत कागजात हुनुपर्ने भनिएको छ।

सरकारले भिजिट भिसामा विदेश जान बनाएको ६ बुँदे मापदण्डमै खेलेर विभिन्न ट्राभल एजेन्सीलगायतको मिलेमतोमा महिलालाई खाडीलगायतका मुलुकमा पुर्‍याउने गरेका छन्। सरकारले ६ बुँदे मापदण्ड २०८० माघ १० गतेदेखि लागू गरेको हो। सरकारले भिजिट भिसा र पर्यटन भिसामा विदेश यात्रा गर्दा आवश्यक कागजपत्रको विवरण तोकेको भए पनि नक्कली कागजात बनाएर पठाउने गरिएको छ।

नयाँ मापदण्डमा भिजिट भिसामा विदेश जाँदा अनिवार्य ५०० डलर हुनुपर्ने भनिए पनि एयरलाइन्सका कर्मचारीले मिलेमतोमा त्यति डलर नभए पनि बोर्डिङ पास जारी गर्ने गरेको पाइएको छ। यसरी कति महिलालाई विदेश पठाइयो र ती कहाँ छन् भन्ने तथ्यांक सरकारी निकायसँग छैन। खाडी मुलुकमा २०७३ सालयता घरेलु कामदारका रूपमा तीन लाख नेपाली महिला अवैध रूपमा गएको पाइएको छ।

प्रकाशित: १२ जेष्ठ २०८२ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App