११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीले असई बनेर रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन्। 

उनले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालक मोहन सिंह धामीलाई ठगी गरेको प्रहरीले जानकारी दिएको छ। शनिबार थापाले आफूलाई ब्युरोबाट खटिएको असई भन्दै विगत २-३ दिनदेखि पटक-पटक होटलमा गई रकम माग्दै आएका थिए। 

स्थानीयको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८२ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App