६ असार २०८२ शुक्रबार
image/svg+xml
समाज

जेठ १०: सोतीको त्यो विभत्स हत्या (तस्बिरहरु)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

रुकुम पश्चिमको सोतीमा ६ जना युवाको विभत्स हत्या भएको छ वर्ष पुगेको दिन जेठ १० लाई ‘कालो दिन’ का रूपमा स्मरण गर्दै दलित अधिकारकर्मी तथा विभिन्न संघसंस्थाले काठमाडौंमा वृहत् जनप्रदर्शन गरेका छन्।

दलितका लागि दलित अभियान नेपालको आयोजनामा माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो।

प्रदर्शनमा सहभागीहरूले जातीय विभेद र छुवाछुत अन्त्य गर, सोती घटनाका दोषीलाई कडा कारबाही गर, दलितमाथिको हिंसा बन्द गर, सामाजिक न्याय सुनिश्चित गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए र चर्का नाराबाजी गरेका थिए।

उनीहरुले सोती नरसंहार मानवता विरुद्धको अपराध भएको भन्दै पीडित परिवारले अझै पूर्ण न्याय नपाएको र समाजमा जातीय विभेदका घटना निरन्तर भइरहेकोमा आक्रोश व्यक्त गरे।

अभियानले ६ वर्षअघि आजकै दिन प्रेम सम्बन्धका कारण नवराज विकसहित ६ जना युवाको योजनाबद्ध रूपमा हत्या गरिएको घटनालाई नेपाली समाजको कलङ्कित अध्यायको रूपमा चित्रित गरेको छ।

प्रदर्शनकारीहरूले जातीय आधारमा हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्यका लागि राज्य गम्भीर हुनुपर्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र पीडितलाई न्याय तथा पीडकलाई कडा दण्ड दिइनुपर्ने माग राखेका छन्।

माइतीघरबाट सुरु भएको शान्तिपूर्ण र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।

हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १० जेष्ठ २०८२ २१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App