१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

चितवनमा बसले ठक्कर दिँदा कार चालकको मृत्यु

चितवनमा बसले ठक्कर दिँदा इभी कारका चालकको मृत्यु भएको छ।

खैरहनी नगरपालिका-२ ज्यामिरेचोकस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं.को इभी कार गएराति १:०५ बजेको समयमा एक आपसमा ठक्कर खाँदा कार चालककाे मृत्यु भएको हो। मृत्यु हुनेमा खैरहनी नगरपालिका-८ बस्ने ४२ वर्षीय प्रतिप तिमल्सिना रहेका छ्न्।  

दुर्घटनामा परि गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा अस्पतालले आज बिहान ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए।

दुवै सवारी र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

प्रकाशित: ९ जेष्ठ २०८२ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App