रक्षामन्त्री मानवीर राईको फोटो सगरमाथाको शिर पुर्याइएको छ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिमका आरोही दा जाङ्बु शेर्पाले मन्त्री राईको फोटो सगरमाथाको शिर पुर्याएका हुन्।
शेर्पाले गत जेठ ५ गते मन्त्री राईको फोटो लिएर दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेका थिए।
प्रकाशित: ७ जेष्ठ २०८२ १६:१८ बुधबार