१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

अपि बेसक्याम्पमा योग गरिँदै

दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने ४,००० मिटर उचाइको अपि हिमाल बेसक्याम्पमा पहिलो पटक योग ध्यान शिविर कार्यक्रम हुँदैछ ।

अपि हिमाल गाउँपालिकाको आयोजनामा स्थानीय पर्यटन प्रवर्द्धन तथा क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले सो शिविर आयोजना गर्न लागिएको हो।

गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार  शिविर यही जेठ १६ गते अपि हिमाल बेसक्याम्पमा आयोजना हुनेछ। त्यसअघि जेठ १२ र १३ गते गाउँपालिका परिसरमै विविध जागरण कार्यक्रमहरू मार्फत  योग, ध्यान र स्वस्थ जीवनशैलीको महत्त्व दर्साउने कार्यक्रम सञ्चालन हुनेछन।  शिविरमा पालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, पर्यटक र अन्य इच्छुक व्यक्तिहरूको सहभागिता रहनेछ।

योग गुरु तथा सञ्चारकर्मी सिमोन न्यौपाने प्रशिक्षकको रुपमा  रहनेछन्। । सोही  अवसरमा स्वस्थ जीवन, खुसी जीवन र क्षमता अभिवृद्धि कार्यक्रम पनि आयोजना गरिनेछ, जसलाई नेपाल सरकार सह(सचिव राजन पौडेल, योग प्रशिक्षक न्यौपाने र अध्यक्ष बोहराले सञ्चालन गर्नेछन् । दार्चुला सुदूरपश्चिम प्रदेशको विकट तर प्राकृतिक, सांस्कृतिक हिसाबले भरिपूर्ण जिल्ला मानिन्छ ।

अपि हिमाल  ७,१३२ मिटर उचाइमा रहेको छ ।  यो शिखर स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि ट्रेकिङ तथा पर्वतारोहण गन्तव्यका रूपमा उदाउँदै गरेको क्षेत्र हो। पालिकाका अध्यक्ष बोहराले अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना बनाइएको जानकारी दिए। 

प्रकाशित: ७ जेष्ठ २०८२ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App