२५ माघ २०८२ आइतबार
image/svg+xml
समाज

बाढीले डाईभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा कान्ति लाेकपथ अवरुद्ध

मकवानपुरको हेटाैंडा र काठमाडाैं जाेड्ने कान्ति लाेकपथ सडकखण्ड अवरुद्ध भएकाे छ।

मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सिमानामा रहेको बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे हो।

मकवानपुर प्रहरीका अनुसार हिजो रातिदेखि परेको पानीले डाइभर्सनका लागि प्रयोग भएका ह्युमपाइपहरू बगाएकाे छ।

बगुवा खाेलास्थित बागमती पुलकाे एक भाग गत असाेजमा आएकाे भीषण बाढीले बगाएकाे थियाे। पुलकाे मर्मत कार्यका लागि खोलामा डाईभर्सन बनाएर आवतजावत भइरहेको थियो।

प्रकाशित: ५ जेष्ठ २०८२ ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App