प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको हानि नोक्सानी कोषका कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली र निर्देशक डाइओङबीच आइतबार (आज) सिंहदरबारमा भेटवार्ता भएको हो।
भेटका क्रममा प्रधानमन्त्री ओलीले हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवन असुरक्षित हुने भएकाले यसमा विश्वको ध्यान पुग्नुपर्नेमा जोड दिएका थिए।
निर्देशक डाइओङले त्यसमा सकारात्मक पहल रहने बताएका थिए।
प्रकाशित: ४ जेष्ठ २०८२ १७:०३ आइतबार

