१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

नेपाल-भारत सीमाबाट चिनियाँ नागरिक पक्राउ

सिरहाको बरियारपट्टी गाउँपालिका-३ बाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

चिनियाँ नागरिक यू सिचाओ (YU SHICHAO) र दुई नेपालीलाई एसएसबीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो। दुवै नेपालीलाई शुक्रबार राति छाडिएको छ भने चिनियाँ नागरिक एसएसबीकै नियन्त्रणमा छन्।

बरियारपट्टी गाउँपालिका ३ दसगजा नजिक उभिएर भारत तर्फको फोटो खिचेको देखेपछि तीन जनालाई नियन्त्रणमा लिइएको भारतीय प्रहरी स्रोतले बतायो। यता सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बरियारपट्टी स्रोतका अनुसार बरियारपट्टीको जीवछ साहको घर छेउबाटै चिनियाँ नागरिक र दुई नेपालीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गएको बताइएको छ।

प्रकाशित: ३ जेष्ठ २०८२ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App