८ असार २०८२ आइतबार
image/svg+xml
समाज

उदयपुरमा हावाहुरीले उडायो विद्यालय र घरको छानो

शुक्रबार बिहान करिब साढे चार बजे आएको हावाहुरीले उदयपुरमा विद्यालय, भवन तथा व्यक्तिगत घरको छानो उडाएको छ।

वर्षासँगै आएको चर्को हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा विद्यालय, भवन तथा व्यक्तिगत घर टहराको छानो उडाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

हावाहुरीले उदयपुर गढी गाउँपालिका ६ जगेटारस्थित माध्यमिक विद्यालय नेपालटारको जस्ताको छानो उडाएर क्षति गरेको छ । सो विद्यालयको मात्र ३ लाख बढीको क्षति भएको विद्यालयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका १० खैराझोडाका गीता पाण्डेको बाँस र खरले बनेको भुइतल्ले घरको छानो पनि हुरीले उडाएर क्षति गरेको छ । उनको घर उडाउँदा कम्तीमा ५० हजारको क्षति भएको छ । सोही ठाउँका नवराज दुलालको पनि बाँसको टाँटी बेरा, काठ र टिनको छानो भएको दुई तल्ले घरको छानो उडाएर ३ लाख ५० हजार बराबर क्षति गरेको छ ।

चौदण्डीगढी १० कै भरत राउतको काठ र बाँसको बेरा तथा टिनको छानो भएको भुईतल्ले घरको छानो उडाउँदा २ लाख बराबरको क्षति पुगेको छ भने त्यहीका सुभाष अधिकारीको किराना पसल रहेको एक तल्ले पक्की घरको छानो उडाउँदा सामानसमेत २ लाख नोक्सान भएको छ । त्यसैगरी छिमेकी सम्भव अधिकारीको काठ र बाँसको बेराको घरको टिनको छानो उडाउँदा १ लाख ५० हजार, खगिन्द्र श्रेष्ठको काठ र बाँसको बेरा र टिनको छानो भएको भुईतल्ले घरको छानो उडाउँदा २ लाख बराबर र ध्रुव खत्रीको काठ, बाँसको बेरा र टिनको छानो उडाउँदा ३ लाख बराबरको क्षति भएको छ ।

यता त्रियुगा नगरपालिका १३ सरस्वती टोलको हर्क श्रेष्ठको टिनको छाना तथा बासको टाटीबेरा भएको भुईँ घरको छानो उडाउँदा ७० हजार बराबरको क्षति भएको हो ।

प्रकाशित: २ जेष्ठ २०८२ १७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App