पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा आठजना यात्रु घाईते भएका छन्। बस शान्तिस्तुप क्षेत्रबाट पोखरा ओर्लिदै थियो।
कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेर चारजना यात्रु गम्भीर घाईते भएका छन। अरु चारजना सामान्य घाइते रहेको बस्नतेले बताए। घाइतेलाई उपचारका लागि पोखरा ल्याइएको छ। पोखराबाट शान्तिस्तुप जाने बाटो घुम्ती र ठाडो रहेको छ।
स्थानीय राजु क्षेत्रीका अनुसार बसको ब्रेक नलाग्दा दुर्घटनाको आशंका छ । दुर्घटनामा परेको बसमा २५ जना जति यात्रु रहेको उनले बताए।
प्रकाशित: ३१ वैशाख २०८२ १४:१२ बुधबार





