१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नारायणीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।

मृतक भरतपुर–१७ मझुवाका १८ वर्षीय कुमार नेपाली हुन्। उनी आफ्ना आमा–बुबासहित नारायणी नदीमा पौडी खेल्न गएका बेला डुबेका थिए।

चितवन प्रहरीका अनुसार आज (सोमबार) दिउँसो करिब १ः३० बजे उनलाई बेहोस अवस्थामा पानीबाट निकालिएको थियो। उनका बुबाले तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पुर्‍याएका थिए।

तर उपचारको क्रममा दिउँसो २ः२९ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८२ १७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App