पचालझरना गाउँपालिका -४ जारकोट नजिकै कर्णाली नदीमा नुहाउने क्रममा एक जना किशोर बेपत्ता भएका छन् ।
नरहरीनाथ गाउँपालिका १ कोटवाडाका अन्दाजी १६ बर्षिया बिराज बिष्ट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेक बहादुर रावलले जानकारी दिए ।
आफन्तको घरमा भेटघाटका लागि गएका बिष्ट नदिमा नुहाउने बेला बेपत्ता भएको प्रहरीकाे भनाइ छ। अहिले उनको खाेजि भइरहेको छ।
प्रकाशित: २६ वैशाख २०८२ १७:०९ शुक्रबार