१ असार २०८२ आइतबार
image/svg+xml
समाज

पान खाएर थुकेको भन्दै युवाहरुले गरे वडाध्यक्षमाथि आक्रमण

पान खाएर खाडीमा थुकेको बिषयमा विवाद पछि स्थानीय युवाहरूको आक्रमणबाट शुद्धोधन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष ताहिर माहोम्मद र उनका दाइ घाइते भएका छन् ।

बिहीबार राति १० बजेतिर भएको घटनामा ६/७ जना युवाहरुले शुद्धोधन गाउँपालिका १ पतरियाका वडा अध्यक्ष ताहिर मुसलमान र उनका दाजु तैयाब मुसलमानलाइलाइ कुटपिट गरेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए ।

कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नम्बर ४ पिपरामा भएको जलसामा सरिक हुन जाने क्रममा गाडीमा पान खाएर थुेकेको बिषयमा स्थानीय युवाहरू र वडाध्यक्ष ताहिरबिच  विवाद भएको थियो। त्यसपछि युवाहरुले उनलाई आक्रमण गरेका थिए ।

मायादेबी गाउँपालिका वडा नम्बर २ कमर शेख लगायतले वडाध्यक्षलाई आक्रमण गरेका थिए । आक्रमणबाट वडाध्यक्षको नाक र उनका दाइको निधारमा चोट लागेको छ । घाइते वडाध्यक्षलाई कपिलवस्तु अस्पतालमा उपचारका लागि पठाइएको क्षेत्रीले बताए । आक्रमणमा संलग्न युवाहरूको खाजी कार्य भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

प्रकाशित: २६ वैशाख २०८२ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App