३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन भइरहेको कक्षा १२ को वार्षिक परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित आदर्श बाल माध्यमिक विद्यालयमा बिहीबार ‘फाइनान्स’ विषयको परीक्षा दिइरहेका बेला चेकजाँचको क्रममा नक्कली परीक्षार्थी फेला परेका हुन्।

प्रहरीका अनुसार सुन्दरबजार–५ बसोबास गर्ने २० वर्षीय विशाल गुरुङको सिम्बोल नम्बरबाट परीक्षा दिइरहेका अर्कै व्यक्ति, सोही वडाका २० वर्षीय आयुष गुरुङलाई पक्राउ गरिएको हो।

हाल दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रशासन कार्यालयबाट ‘शिक्षा ऐन सम्बन्धी कसुर’ अन्तर्गत पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिए।

उनीहरुमाथि ‘शिक्षा ऐन सम्बन्धी कसुर’ शिर्षकमा ५ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: २५ वैशाख २०८२ १८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App