ताप्लेजुङको फुङलिङ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि सहायता सामाग्री वितरण गर्न थालेको छ ।
नगरपालिकाले वडा नं ४,५,६ र ७ का सहायता सामाग्री प्राप्त गर्न पहिचान भएका अपाङ्गता भएका व्यक्तिलाई बुधवार संयुक्त रुपमा ती सामाग्री हस्तान्तरण गरेको फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिइन् ।
अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री हस्तान्तरण गरिएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका फुङलिङ नगर संयोजक चन्द्र थापाले जानकारी दिए। नगरप्रमुख अमिर मादेन,उपप्रमुख ओझा,फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा र वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले उक्त सामाग्री हस्तान्तरण गरे ।
नगरप्रमुख मादेनले अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक पर्ने सामाग्री सहयोग,सीप विकास,स्वास्थ्य परीक्षण र उनीहरूको दैनिक जीवन सहज बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।
प्रकाशित: २४ वैशाख २०८२ १७:१६ बुधबार





