१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ट्याक्टरको ठक्करबाट जन्ती जाँदै गरेकी एक महिलाको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहा बर्खेडाँडामा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा जन्ती गएकी एक महिलाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–४ की ४० वर्षीया गीता परियारको मृत्यु भएको हो।

खोटाङबाट इटहरीतर्फ जन्ती लिएर जाँदै गरेको को १ ख ४७२१ नम्बरको बसका यात्रु परियार स्थानीय होटलमा खाजा खाएर सडक पार गर्ने क्रममा ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

दिउँसो ३:५० बजे भएको उक्त दुर्घटनामा परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए।

दुर्घटनामा सुनसरी, इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय युजन राई घाइते भएका छन्।

उनलाई चौदण्डीगढी नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको डिएसपी दोङले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०८२ २१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App