१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते

डडेल्धुरा – डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन्।

जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हुँदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।

जिपको ब्रेकफेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्रेकफेल हुँदा उक्त गाडी सडकमै पल्टिएको जन्ती गएका सर्वसाधारणको भनाइ छ। घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी गराए। घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ।    (रासस)

प्रकाशित: १६ वैशाख २०७५ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App