७ असार २०८३ आइतबार
image/svg+xml
समाज

पहलगाम हमलापछि नेपाल-भारत सीमामा कडा निगरानी

गत मंगलबार एक नेपालीसहित २८ जनाको ज्यान जानेगरी भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ।  

खुला सीमाका कारण अवाञ्छित गतिविधि रोक्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्। जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने सीमा क्षेत्रको निरीक्षण गरिएको र सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए।  

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने व्यक्तिको जाँच गरेर मात्र आवागमन गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी गराएका छन्। रासस

प्रकाशित: १५ वैशाख २०८२ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App