१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

झन्डै ४ लाख हुण्डीको रकम सहित २ भारतीय पक्राउ

क्याप्शन

सशस्त्र प्रहरीले बाराको सिमानाबाट हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई ३ लाख ७२ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मोतीहारी जिल्लाको उत्तरी घोडासन ग्रामपञ्चायत–१३ लैन गाउँ निवासी गोलु कुमार जैसवाल र राजन कुमार जैसवाल रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गणपति खुमबहादुर केसीका अनुसार उनीहरूलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको हो।

गोप्य सूचनाका आधारमा विओपी गोलागञ्जका सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको नेतृत्वमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका–६ अमरपुर नाका नजिकै चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

भारतबाट बीआर–२२ आर–२८०९ नम्बरको भारतीय ग्यालेमर मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गर्दा शंका लागि चेकजाँच गर्दा हुण्डी रकम फेला परेको प्रहरीले जनाएको छ। साथै, हुण्डी रकमसहित प्रयोग गरिएको मोटरसाइकल पनि बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई मोटरसाइकल र हुण्डी रकमसहित थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १३ वैशाख २०८२ २१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App