१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

गणतन्त्रको रक्षक मिडिया: प्रबन्ध निर्देशक ज्ञवाली

नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले गुणस्तरीय पत्रकारिता र सामाजिक उत्तरदायित्वमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिमा नेपाल रिपब्लिक मिडियाले योगदान पुर्‍याइरहेको बताएकी छन्।

शनिबार मिडियाद्वारा आयोजित ‘नागरिक नायक–२०८२’ घोषणा समारोहमा उनले यस्तो धारणा राखेकी हुन्। “हामी नेपालको कान्छो मिडिया हाउस हौँ, तर तीन दशकभन्दा बढीको अनुभवमा निर्मित छौँ। हाम्रो आवाज नेपालको सबैभन्दा प्रभावशाली र सम्मानित आवाजमध्ये एक हो,” ज्ञवालीले भनिन्।

उनले मिडियाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा योगदान गरेको गौरवपूर्ण इतिहास बोकेको र हरेक नेपाली नागरिकका लागि प्रणालीको संरक्षणमा प्रतिबद्ध रहेको उल्लेख गरिन्।

उनले नेपाल रिपब्लिक मिडियाले विश्वस्तरीय पत्रकारितालाई नेपाली पाठकमाझ ल्याउन न्यूयोर्क टाइम्ससँग अन्तरराष्ट्रिय साझेदारी गर्ने नेपालको एकमात्र मिडिया हाउस भएकोमा गर्व व्यक्त गरिन्।

यस्तै, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत एकमात्र मिडिया कम्पनीका रूपमा पारदर्शिता र जवाफदेहिता कायम राखेको सुनाइन्। “हाम्रो लेखापरीक्षण, जोखिम, सम्पत्ति र दायित्व समितिसहितको संरचनाले पत्रकारिताको उच्च मापदण्ड कायम राख्छ,” ज्ञवालीले थपिन्।

मिडियाले गुणस्तरीय पत्रकारिता मात्र नभई नेपालको आर्थिक वृद्धिका लागि वातावरण निर्माणमा पनि जोड दिएको छ। ‘म नागरिक, म बनाउँछु नेपाल’ जस्ता पहलमार्फत युवाहरूको आवाजलाई प्राथमिकता दिँदै उनीहरूलाई अर्थतन्त्रमा समाहित गर्ने प्रयास गरेको छ। यस्तै, जलवायु सङ्कटलाई उजागर गर्न अन्तरराष्ट्रिय विज्ञ र मिडियासँग सहकार्य गरेको छ।

‘नागरिक नायक’ कार्यक्रममार्फत असाधारण चुनौती पार गरेर समाज र समुदायका लागि मार्गदर्शन गर्ने नेपाली नागरिकलाई सम्मान गरिएको छ।

“यो कार्यक्रम आशा, शक्ति र दृढताको उत्सव हो। हिजो मैले सम्मानित व्यक्तिहरूसँग भेट्दा उनीहरूको उद्देश्यपूर्ण कथाले मलाई प्रभावित बनाएको थियो,” ज्ञवालीले भनिन्।

प्रकाशित: १३ वैशाख २०८२ १६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App