कालीकोटको नरहरिनाथ गाउँपालिका–७, माल्कोटकी ३० वर्षीया घुमीसरा शाहीलाई सुत्केरी व्यथा लागेपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ।
नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टका अनुसार उनलाई आइतबार साँझ ४ बजे माल्कोटस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। तर, लामो समयसम्म पनि सुत्केरी हुन नसकेपछि अवस्था जटिल बन्दै गयो।
स्थिति गम्भीर देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत शाहीलाई सुर्खेत रेफर गरिएको स्वास्थ्य शाखा प्रमुख मानबहादुर शाहीले बताए।
प्रकाशित: ८ वैशाख २०८२ २०:०२ सोमबार





