नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।

प्रकाशित: ४ वैशाख २०८२ १७:३७ बिहीबार





