बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
गलकोट नगरपालिका-३ खसगाउँस्थित भित्री कच्ची सडकमा हटियाबा कोटमैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जीप अनियन्त्रित भई सडकदेखि अन्दाजी एक सय मिटर तल खस्दा घाइते भएका चार जनामध्ये गलकोट नगरपालिका-११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो।
घटना स्थलमा घाइते भएका उनलाई उपचारका लागि गलकोट नगर अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घनामा परी गलकोट-५ का २२ वर्षीय राजन विक, गलकोट-४ का १९ वर्षका रमेश सुनार र गलकोट-३ का १९ वर्षका अशोक बोहोरा घाइते भएको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ चैत्र २०८१ १२:४२ बिहीबार