यहाँका दुई युवा लागू पदार्थसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले दुई प्रकारका ६० थान लागू पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।
शनिबार साँझ त्रियुगा नगरपालिका-१२ शनि मन्दिर नजिकबाट सोही वडाका १९ वर्षीय रोहित झा र १८ वर्षीय बिबेक विश्वकर्मालाई नियन्त्रणमा लिएको प्रहरी कार्यालयमा सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए।
उनीहरूको साथबाट ३५ थान ट्रामाडोल हाईड्रोक्लोराड र २५ थान डेसिक्लो माईन नामक लागू पदार्थ बरामद भएको जनाइएको छ।
दुवै जनालाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान कार्य अघि बढाइएको डिएसपी दोङले बताए।
प्रकाशित: १७ चैत्र २०८१ १३:२३ आइतबार