२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ५:२५ पूर्वाह्न
समाज

१७ वर्षीया किशोरीमाथि जबरजस्ती गरेको अभियोगमा ५६ वर्षीय पुरुष पक्राउ

किशोरीमाथि जबरजस्ती गरेको आरोपमा उदयपुरका एक पुरुष पक्राउ परेका छन्। १७ वर्षीया किशोरीमाथि जबरजस्ती गर्न खोजेको आरोपमा चौदण्डीगढी नगरपालिका–७ का ५६ वर्षीय शिवराज राई पक्राउ परेका हुन्।  

इलाका प्रहरी कार्यालय बेलटारले पीडित परिवारको उजुरीका आधारमा शुक्रबार राईलाई पक्राउ गरेको जनाएको छ। गत बिहीबार किशोरीमाथि जबरजस्ती प्रयास गरेको अभियोग उनमाथि लागेको छ। इप्रका बेलटारका निरीक्षक बबिन राईले यो कुरा बताए।  

किशोरीको परिवारले राईविरुद्ध उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। किशोरीको बयानका आधारमा राईलाई नियन्त्रणमा लिइएको निरीक्षक राईले जानकारी दिए।  

हिरासतमा राखिएका राईविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८१ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App