२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ३:३ पूर्वाह्न
समाज

प्रहरी लुक्न खोज्दा ब्याङ्केटमा तोडफोड र आगजनी

'प्रहरी बच्न ब्याङ्केट पसे, राजावादीले तोडफोड गर्दै मदिरा उठाए'

राजतन्त्र पक्षधर प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेको काठमाडौँ तीनकुनेस्थित रोयल ब्याङ्केट।

राजतन्त्र पक्षधर प्रदर्शनकारीहरूले काठमाडौँ तीनकुनेस्थित रोयल ब्याङ्केटमा पनि तोडफोड तथा आगजनीको प्रयास गरेका छन्।

हिजो (शुक्रबार) राजावादीहरूले तीनकुनेमा प्रदर्शनका कार्यक्रम आयोजना गरेका थिए। प्रदर्शन सुरु नहुँदै प्रहरीले तोकेको निषेधित क्षेत्र, बानेश्वरतर्फ भीड अगाडि बढ्न खोजेपछि झडप भएको थियो। सो क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेका थिए।

प्रदर्शनकारीहरू आक्रमक भएपछि प्रहरीहरू उक्त ब्याङ्केटमा लुक्न गएका थिए। सोही समयमा प्रदर्शनकारीहरूले ब्याङ्केटमा ढुंगामूडा प्रहार र आगजनीको प्रयास पनि गरेका थिए। यसैबिच सुरक्षाकर्मीसँगको दोहोरो झडपका कारण ब्याङ्केट क्षतविक्षत भएको छ। प्रदर्शनकारीको आक्रमणबाट ब्याङ्केटको रेष्टुरा र हल कामै नलाग्ने भएको सञ्चालक नितिमा कार्कीले नागरिकन्युजलाई जानकारी दिइन्।

उनका अनुसार प्रदर्शनकारीहरूले प्रहरीहरूलाई लखेट्दै आएको र ब्याङ्केटमा तोडफोड र आगजनी गरेका थिए। आगजनीबाट रेष्टुराका कुर्सी तथा फर्निचरहरू जलेको उनले बताइन्। 

'भाटभटेनी जस्तै गरे प्रदर्शनकारीहरूले। उनीहरूले तोडफोड गरेर मदिरा पनि लुटेर लगेका छन्,' उनले भनिन्, 'अब केही दिनसम्म रेष्टुरेन्ट र हल कामै लाग्ने अवस्थामा छैन। यो बनाउन केही समय लाग्छ।'

ब्याङ्केटमा क्षतिको यकीन विवरण आउन भने केहफ समय लाग्ने सञ्चालक कार्कीले बताइन्।

प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा रहेका व्यक्तिका निजी घर, व्यावसायिक भवन तथा होटल र रेष्टुराहरूमा समेत जथाभावी तोडफोड गरेका थिए। यही क्रममा प्रदर्शनकारीहरुले रोयल ब्याङ्केटमा पनि तोडफोड गरेका हुन्।

प्रकाशित: १६ चैत्र २०८१ २१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App