२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:५७ अपराह्न
समाज

कैलालीमा तीर्थयात्री चढेको ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते

हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा आज भारतीय नंको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

दुर्घटनामा २७ जना घाइते भएका छन्। मृत्यु हुनेमा भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन्। तीमध्ये तीन जनालाई बढी चोट लागेको उनले बताए।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो।

चालक फरार छन्। बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन्। ट्रलीमुनी च्यापिएका मृतक बालकको शव निकालिएको छ।

घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धारगरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८१ २०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App