२० चैत्र २०८१ बुधबार
image/svg+xml ९:२ पूर्वाह्न
समाज

भन्सार गस्तीद्वारा तस्करी गरी ल्याइएका ९९ बोरा अवैध मल बरामद

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ६ पिपरीस्थित टहरामा तस्करी गरी भित्र्याइएका ९९ बोरा भारतीय मल बरामद गरिएको छ।

गोप्य सूचनाका आधारमा कृष्णनगर भन्सार गस्ती टोलीले सो मल बरामद गरेको हो। भन्सार कार्यालय सूचना अधिकृत लेखनाथ भट्टराईका अनुसार गोप्य सूचनाका आधारमा भन्सार प्रशासन र गस्ती टोली त्यहाँ पुगका थियो। पानी तान्ने पम्मका लागि बनाइएको टहराभित्र ९९ बोरा भारतीय मल राखिएको अवस्थामा फेला परेको उनले बताए। 

बरामद मल भारतबाट भित्रिए पनि कुन नाकाबाट आएको त्यो भने यकीन नभएको उनले बताए। बेसिजनमा तस्करहरूले मल संकलन गरी बाहिर पठाउनका लागि राखेको उनको भनाइ छ। बरामद मल भन्सारमा राखिएको उनले बताए।

स्रोतका अनुसार यो मल भिल्मी नाकाको कोटीया कर्मा लगायतका स्थानबाट तस्करहरूले मोटरसाइलमा भित्र्याएका हुन्। सिजनमा मलको माग बढी हुने र नजिकै रहेको प्लाई उद्योगमा समेत युरिया मल चाहिने भएकाले तस्करहरूले सेटिङ मै युरिया मल ल्याउने गरेका छन्।

जिल्लाका सुरक्षा निकायले तस्करी रोक्न कडाइ गरेको दाबी गरे पनि जिल्ला सबै जसो नाकाहरूका अहिले तस्करी बढेको व्यापारीहरू नै बताउँछन्। हथिहवा दोहनीदेखि कृष्णगरभित्र पर्ने नाकाहरूमा अहिले कपडा, चिनी, कस्मेटिक सामान, विदेशी खाद्यान्न चुरोट, फलफूल हार्डवेयर, टायल लगायतका सामानहरू तस्कहरूले मोटरसाइल र साइकलमा ल्याउने गरेका छन्।

प्रकाशित: १६ चैत्र २०८१ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App