२० चैत्र २०८१ बुधबार
image/svg+xml ४:३८ पूर्वाह्न
समाज

सञ्चारकर्मी र सञ्चार गृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न ७ सदस्यीय समिति

नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चार गृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ।

महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन्। समितिमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहेको महासङ्घले जनाएको छ।

समितिले आजै आक्रमण गरिएका सञ्चार गृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले जानकारी दिए। समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्ने छ। समितिले घटना के, कसरी भयो? अब महासङ्घ कसरी अघि बढ्ने? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ।

पूर्वराजा समर्थित समूहहरूले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए। प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो। कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए।

प्रकाशित: १६ चैत्र २०८१ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App