काठमाडौँ जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुहरूलाई सहजीकरण गर्न विशेष व्यवस्था गरेको छ। मिति शुक्रबार अपरान्ह ४:२५ बजेदेखि रातको १० बजेसम्म बानेश्वर–तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
यद्यपि, हवाई यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै उक्त अवधिमा हवाई यात्रा गर्नेलाई सहज बनाउन विशेष प्रबन्ध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको सूचनाअनुसार हवाई यात्रुहरूले आफ्नो टिकट र आधिकारिक परिचयपत्रका आधारमा यात्रा गर्न सक्नेछन्। यसका लागि सुरक्षा निकायसँग समन्वय गरी सहजीकरण गरिने र यात्रुहरूलाई कुनै असुविधा नहुने व्यवस्था मिलाइएको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा कर्फ्यूको समयमा पनि हवाई यात्रुहरूको आवागमनलाई सहज बनाउन यो कदम चालिएको उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०८१ १८:४८ शुक्रबार