१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:४४ पूर्वाह्न
समाज

फिल्ड कमाण्डर कारबाहीको असर: तीनकुनेमा सुरक्षा कमजोरी

विगतमा ललितपुरको बालकुमारीमा तत्कालीन  भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि आक्रमण भयो । प्रहरीले उनलाई जोगाउन हर सम्भव प्रयास गर्‍यो । अराजक भीडले प्रहरी माथि आक्रमण गर्‍यो । प्रहरी घाइते भए । तर सरकारले तुरुन्तै फिल्डमा खटिएका डिएसपी उमेस लम्सालमाथि कारबाही गर्‍यो । प्रहरी प्रमुख सिद्धि विक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तान्यो । तर सिडिओलाई कारबाही भएन । यो एउटा सानो उदाहरण मात्रै हो । 

सरकारले फिल्डमा खटिने  सुरक्षाकर्मीको दोष देखाएर कमाण्डरलाई कारबाही गर्ने, कोभर्ट अप्रेसनमा खटिएका सुरक्षा अधिकारीलाई विभिन्न आयोग बनाएर कारबाही गर्ने तथा काविल अफिसरलाई कार्यक्षेत्रमा खटाउनु भन्दा आफ्ना मान्छेलाई खटाउन थालेपछि फिल्डमा रहेका सुरक्षाकर्मीले त्यसको ‘रिक्स’ लिन नचाहेको देखिन्छ ।

राजावादीको अराजक समूहले केही दिन अघिबाटै हिंसात्मक आन्दोलन गर्ने सूचना गृह मन्त्रालय र सुरक्षा अङ्गलाई नभएको होइन । शुक्रबारको कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ एसपी १५ डिएसपी, २५ इन्स्पेक्टर फिल्डमा खटिएका थिए । तर उनीहरुले फिल्डको कमाण्ड गर्न सकेनन् ।

दुर्गा प्रसाईंले चलाएको गाडीले सुरक्षाकर्मीहरू माथि आक्रमण गर्दा पनि प्रहरीले टायरमा समेत गोली हानेर नियन्त्रणमा लिन सकेन । तीनकुने क्षेत्रमा बानेश्वर वृत्तका डिएसपीले कमाण्ड गर्न नसकेको फिल्डमा खटिएका एसपीले आदेश दिन नसकेको र समग्रमा काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको मनोबल बढाउन नसकेको देखिएको छ । साथै काठमाडौं उपत्यकाको कमाण्ड गरिरहेका एआइजीले सिसी टिभी मात्रै हेरेर बसेका हुन वा फिल्डमा खटिएका कर्मचारीलाई मौन बस्न आदेश दिएका हुन् रु यसको गम्भीर समीक्षा आवश्यक रहेको छ ।

प्रहरी कर्मचारीलाई राजनीतिक दलका नेताहरुको घर घरमा धाउने बनाएकाले पनि फिल्डमा समस्या उत्पन्न भएको स्वतः देखिएको छ । साथै उनीहरुलाई आवश्यक पर्ने सामाग्री खरिद लगायतका विषयमा सरकार सधैँ मौन रहेको छ । भीड नियन्त्रण तालिम हातहतियार तथा अश्रु ग्यास लगायतमा सरकार सधैँ मौन रहेको छ । सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई तालिम तथा तालिममा आवश्यक पर्ने सामाग्री खरिद गर्नुका साटो सरुवा बढुवामा आफ्ना मान्छेलाई प्राथमिकता दिएकाले पनि यसको असर परेको देखिन्छ ।

प्रकाशित: १५ चैत्र २०८१ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App