तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेको छ।
प्रदर्शनकारीहरूले एउटा घरमा आगो लगाएपछि दमकल आगो निभाउन पुगेको थियो। तर, प्रदर्शनकारीहरूले दमकललाई अवरोध गर्न थालेपछि स्थिति झन् जटिल बन्यो।
अवस्था नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाइ फायर गरेको हो।
प्रकाशित: १५ चैत्र २०८१ १४:५९ शुक्रबार