भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ।
दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार भारतको बहराइचमा दुर्घटना भएको जनाइएको छ। सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।
अन्य दुई जनाको पहिचान हुन बाँकी छ। अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जीसीले बताए। गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। गाडीमा सवार अन्य पाँच जना घाइते छन्। उनीहरूको भारतमै उपचार भइरहेको जनाइएको छ। रासस
प्रकाशित: १५ चैत्र २०८१ १३:३० शुक्रबार